प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
खबर एक्सप्रेस
२०८०-०६-१९ ०८:१४ मा प्रकाशित
Total Shares: 109
काठमाडौं - संघीय संसद् प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बिहान ११ बजे सुरु हुन लागेको हो ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।
यसअघि बिहीबार पनि प्रतिनिधिसभाको बैठक बसेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस