बाबुराम भन्छन्, तलब नलिने नेताको विलासी र चुनाव खर्च कसरी चल्छ ?
खबर एक्सप्रेस
२०७७-०१-०२ १२:०२ मा प्रकाशित
Total Shares: 499
काठमाडौं - समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारी तलब भत्ता नलिने ठुला नेताको विलासी रहनसहन र चुनाव कसरी चल्छ भनेर सोेधेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका प्रवत्ता नारायणकाजी श्रेष्ठले आफ्नो पारिश्रमिक कोरोना कोषमा जम्मा गर्ने घोषणा गरेपछि भट्टराईको यस्तो प्रतिक्रिया आएको हो।
उनले ट्वीटरमा लेखेका छन्, ‘प्रमलगायत कतिपय बढे नेताहरुले आफ्नो तलब–भत्ता पूरै त्याग्ने घोषणा गर्नु राम्रो हो त्यससँगै आफ्नो कुनै पैतृक सम्पत्ति, बचत र वैध कमाइ नहुनेहरु (कमसेकम संसद सरकारलाई बुझाएको सम्पत्ति विवरणमा नदेखिने!) को विलासी रहनसहन र चुनावको खर्च कसरी चल्छ त्यो पनि बताउँदा राम्रो होला कि ?'
फेसबुक पेज Like गर्नुहोस