इरानले अब शान्ति कायम गर्नुपर्छ : ट्रम्प
काठमाडौं,एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा रहेका तीनवटा आणविक केन्द्रहरूमा गरिएको अमेरिकी सैन्य आक्रमणलाई ‘एक अद्भूत सैन्य सफलता’ भएको दाबी गरेका छन् ।
ह्वाइट हाउसको क्रस हलबाट सम्बोधनका क्रममा उनले यस्तो दाबी गरेका हुन् । सम्बोधनका क्रममा उनले इरानका मुख्य आणविक केन्द्रहरू पूर्ण रूपमा ध्वस्त पारिएको बताए ।
अमेरिकाले इरानको फोर्दो, नतांज र इस्फहानमा आक्रमण गरेको हो। उनले सबै अमेरिकी विमान इरानको हवाई क्षेत्रबाट बाहिरिएको र सुरक्षित रूपमा घर फर्किरहेको उनले उल्लेख गरेका छन् ।
हमलालगत्तै टेलिभिजनमार्फत सम्बोधन गर्ने क्रममा ट्रम्पले ‘इरानका प्रमुख आणविक प्रवर्द्धन केन्द्रहरू पूर्ण रूपमा र पूरै ध्वस्त पारिएकोू बताउँदै इरानले अब शान्ति कायम गर्नुपर्ने’ बताए।
‘यदि उनीहरूले त्यसो गरेनन् भने भविष्यका हमलाहरू निकै ठूला र निकै सहज हुनेछन्,’ उनले भने। चार मिनेट लामो उक्त सम्बोधनमा ट्रम्पले बेन्जमिन नेतन्याहूलाई बधाई दिँदै आफूहरूले ूइजरेलका लागि यस भयानक खतराू मेट्न ‘एकसाथ’ काम गरेको बताए।
‘त्यहाँ कि त शान्ति हुनेछ या त इरानका लागि विगत आठदिनमा हामीले देखेभन्दा निकै ठूलो त्रासदी हुनेछ,’ इरानलाई थप चेतावनी दिँदै ट्रम्पले भने।
‘याद रहोस्, धेरै निशानाहरू बाँकी छन्। आजको रात अहिलेसम्मकै सबैभन्दा कठिन र सायद सबैभन्दा घातक समेत थियो। तर यदि शान्ति चाँडै आएन भने हामी अन्य ती निशानाहरूमा सटिक रूपमा, छिटै र कुशलतापूर्वक जानेछौँ।’
उक्त वक्तव्यको क्रममा ट्रम्पको साथमा उपराष्ट्रपति जेडी भान्स, विदेश मन्त्री मार्को रुबियो र रक्षा मन्त्री पिट हेगसेथ उपस्थित थिए । बीबीसीबाट
फेसबुक पेज Like गर्नुहोस