लुप नेटवर्क पब्लिक कम्पनीमा रुपान्तरण, दुई बर्षभित्र आईपीओ जारी गर्ने
खबर एक्सप्रेस
२०७८-०४-१३ ०२:५२ मा प्रकाशित
Total Shares: 1103
काठमाडौं - इन्टरनेट सेवा प्रदायक कम्पनी लुप नेटवर्क प्रा.लि. पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । कम्पनीले दुई बर्षभित्र प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने गरी एक अर्ब रुपियाँ लगानी गर्ने योजना अघि बढाएको छ ।
हामीले आक्रामक बजार विस्तारको रणनीतिमा पाँच बर्षभित्र नम्बर वान आईएसपी बन्ने लक्ष्य लिएका छौं । कम्पनीले भनेको छ, “अहिलेको ग्राहक आधारलाई पनि गुणात्मक रुपमा वृद्धि गरी पाँच बर्षभित्र एकदेखि डेढ लाख ग्राहक आधार पुर्याउने लक्ष्य रहेको छ” ।
अहिले लुप नेटवर्कको फाइबरनेट सर्भिस काठमाडौं सहित नवलपरासी, धनुषा लगायतका स्थापनामा विस्तार भएको छ ।
पूर्वमा विराटनगर, दमक, उर्लाबारी लगायतका क्षेत्रमा पनि सेवा विस्तार भइरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस