काठमाडौं - नायिका ऋचा शर्माले छोरालाई जन्म दिएकी छिन् । आज बिहान उनले छोरालाई जन्म दिएको पारिवारिक श्रोतले बताएको छ । ऋचा आजै बिहान मात्र अस्पतालमा भर्ना भएकी थिइन् । ऋचाको सिजर गरिएको वुझिएको छ । आमा र छोराको अवस्था स्वस्थ रहेको छ ।

नायिका ऋचा शर्माले करिब २ बर्ष अगाडि प्रेमी दिपेक्षा विक्रम राणासँग बिहे गरेकी थिइन् । पहिलो चरणको लकडाउनपछि ऋचा गर्भवती भएकी थिइन् ।

नायिका शर्मा गर्भवती भएपछि पनि ‘कमेडी च्याम्पियन २’को निर्णायकको रुपमा काम गरिरहेकी थिइन् । तर, आमा बन्ने दिन नजिकिएपछि उनले यो साताबाट निर्णायक पदमा नरहने निर्णय गरेकी थिइन् ।