हजारौँ वीर सहिदहरूको रगतबाट अहिलेको परिवर्तन आएको हो : प्रचण्ड
खबर एक्सप्रेस
२०८१-११-१२ ०८:२७ मा प्रकाशित
Total Shares: 129
काठमाडौं - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको परिवर्तनमाथि प्रश्न उठाउन खोजिएको दाबी गरेका छन् ।
सोमबार झापाको कचनकवलमा सुरु भएको जनतासँग माओवादी अभियानको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यस्तो दाबी गरेका हुन् ।
उनले अहिलेको परिवर्तन त्यत्तिकै नआएको बताए । हजारौँ वीर सहिदहरूको रगत र पसिनाबाट अहिलेको परिवर्तन सम्भव भएको उल्लेख गरे ।
माओवादीले ल्याएको अहिलेको परिवर्तनमाथि प्रश्न उठाउने गरिएको भन्दै आपत्ति जनाए । एकथरीले प्राप्त उपलब्धि खोस्न संविधानमाथि आक्रमण गर्ने गरेको अध्यक्ष प्रचण्डको भनाई छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस