खाद्यबाट दसैँ लक्षित खसीबोका बिक्री सुरू
खबर एक्सप्रेस
२०७८-०६-२३ १२:३७ मा प्रकाशित
Total Shares: 290
काठमाडौं - सरकारले आजदेखि नेपालीहरुको महान् पर्व दसैँ लक्षित खसी बोकाको बिक्री सुरु गरेको छ । थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत खसीबोकाको बिक्री सुरु भएको हो ।
कम्पनीले यो वर्ष खसी-बोकाको मूल्य प्रतिकिलो ६५० निर्धारण गरेको छ तर, खसीबोका बिक्रीमा प्रतिकिलो १० रुपैयाँ छुट दिने सरकारी घोषणाअनुसार बिक्रीमूल्य प्रतिकिलो ६ सय ४० रुपैयाँ तोकिएको छ । गत वर्षको दशैंमा भने कम्पनीले प्रतिकिलो ५५० रुपैयाँमा खसीबोकाको बिक्री वितरण गरेको थियो ।

.gif)




फेसबुक पेज Like गर्नुहोस