काठमाडौं उपत्यकामा मात्रै थपिए ६३४ संक्रमित
खबर एक्सप्रेस
२०७८-०१-०६ ०४:३१ मा प्रकाशित
Total Shares: 227
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौँमा मात्रै ५०५, ललितपुरमा ९७ र भक्तपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको छ ।
देशभर पछिल्लो २४ घण्टामा १२८१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५४८ जनामा कोरोना परीक्षण गर्दा १२८१ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयले पछिल्लो २४ घण्टामा २५५ जना निको भएको पनि जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस