काठमाडौं,एजेन्सी - म्यानचेस्टर सिटी कारावाओ कपको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको म्यानचेस्टर ‘डर्वी’ खेलमा सिटीले युनाइटेडलाई उसकै मैदानमा २–० ले पराजित गर्दैै फाइनलमा स्थान पक्का गरेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि ५० औं मिनेटमा जोन स्टोनले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ८३ औं मिनेटमा फर्नान्डिन्होले गोल गर्दै सिटीलाई २-० को जित दिलाए ।

अब सिटीले उपाधिका लागि प्रिमियर लिग प्रतिद्धन्द्धी टोटेनहमसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल २५ अप्रिलमा हुनेछ ।