काठमाडौं उपत्यकामा थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि
खबर एक्सप्रेस
२०७७-०७-१२ ०४:४४ मा प्रकाशित
Total Shares: 326
काठमाडौें - काठमाडौं उपत्यकामा थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ६९६ जना, ललितपुरका ११८ जना र भक्तपुरका २९ जना रहेका छन् ।
त्यस्तै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ। पछिल्लो २४ घण्टामा १९ सय ५४ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए।
३९ हजार ६४३ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ७ हजार ७०९ जना छन् भने क्वारेन्टाइनमा २ हजार ८८९ जना रहेका छन्।
फेसबुक पेज Like गर्नुहोस