सिटी र पोर्टो नकआउट चरणमा
काठमाडौं, एजेन्सी - च्याम्पियन्स लिग फुटबलमा म्यान्चेष्टर सिटीले पोर्चुगलको एफसी पोर्टोसंग गोल रहित बराबरी खेल्दै अंक बाँडेको छ ।
गएराति भएको समूह सीको खेलमा पोर्टोको घरेलु मैदानमा सिटीले गोलरहित बराबरी खेलेको हो । बराबरीसँगै समूह सीको शीर्ष स्थानमा रहँदै सिटी नकआउट चरणको यात्रा पक्का गर्यो ।
खेलको अन्तिम समयमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका ग्याब्रियल जिससले सिटीका लागि गोल गरेका थिए । तर रेफ्रीले सो गोललाई अफसाईडको मान्यता दिए ।
पोर्टोले समेत एक खेल अगावै च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ । समूहको शीर्ष स्थानको सिटीको १३ अंक छ । दोस्रो स्थानको पोर्टोको १० अंक छ । ओलम्पियाकोस र मार्सेलीले समान ३ अंक जोडेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस