मन्त्रिपरिषद् विस्तार: कानुनमा धनराज, स्वास्थ्यमा मोहन, खेलकुदमा डिगबहादुर नियुक्त
खबर एक्सप्रेस
२०८०-०१-२० ०५:३३ मा प्रकाशित
Total Shares: 68
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्रीले कांग्रेसको तर्फबाट धनराज गुरुङलाई कानून, मोहन बस्नेतलाई स्वास्थ्य र डिगबहादुर लिम्बूलाई युवा तया खेलकुद मन्त्रीमा नियुक्त गरेका हुन् ।
यसअघि कांग्रेसभित्र भागबण्डा नमिल्दा उसले भाग पाएको मन्त्रालयले पूर्णता पाउन सकेको थिएन । यससँगै कांग्रेसले भागमा पाएको आठ वटै मन्त्रालयले पूणता पाएको छ ।
तर, नवौं पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता भने अझै पाउन सकेको छैन ।
फेसबुक पेज Like गर्नुहोस