काठमाडौं - नोभेल कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा  दैलेख दुल्लु नगरपालिका-३ का पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले जानकारी दिएका छन् । उनी क्षयरोग तथा दमको रोगीसमेत थिए । 

हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।