काठमाडौं - कोरोनाभाइरसको तेस्रो लहरको जोखिमको कारण सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन स्थगित भएको छ । निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सनले आज विज्ञप्ति जारी गर्दै माघ १९ गतेको पूर्वनिर्धारित रिलिज मितिलाई स्थगन भएको जनाएको छ ।

फिल्म हल बन्द गर्ने गत शुक्रबारको मन्त्रिपरिषद् बैठकको निर्णयलाई आत्मसात गर्दै प्रदर्शनलाई स्थगित गरिएको जनाइएको छ । वितरक तथा संघसंस्थासँग समन्वय गरी रिलिज मिति स्थगित गरिएको जानकारी निर्देशक थापाले दिएका छन् ।

भाइरस संक्रमणको स्थिती सामान्य भए नयाँ प्रदर्शन मिति घोषणा गर्ने थापाले जनाएको छ । पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ दर्शकमाझ प्रतीक्षित फिल्म हो ।

May be an image of text