राष्ट्रपतिसमक्ष मुस्लिम आयोग र महान्यायाधिवक्ताको प्रतिवेदन पेश
खबर एक्सप्रेस
२०७७-११-२८ ०४:०३ मा प्रकाशित
Total Shares: 348
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०७६÷०७७ को प्रतिवेदन आज पेश गरेका छन् ।
राष्ट्रपतिसमक्ष आजै महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको आव २०७६÷०७७ को वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
फेसबुक पेज Like गर्नुहोस