राष्ट्र बैंकले १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने
काठमाडौं - नेपाल राष्ट्र बैँकले १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बोलकबोलमार्फत बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमा सोमबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङ्ग प्रणालीमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैँकले जनाएको छ ।
साउन १३ गते मंगलबार जारी हुने उत्त ट्रेजरी बिलको बोलकबोलमा बैँक तथा बित्तीय संस्था, संगठीत संस्था तथा सर्वसाधारण नागरीक समेत सहभागी हुन सक्नेछन् । सरकारलाई आवश्यक रकम जुटाउन राष्ट्र बैँकले साउन १२ गते सोमबार उत्त रकम बराबरको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो । राष्ट्र बैँकले यसअघि साउन ५ गतेपनि ५ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।
केन्द्रीय बैँकले यसअघि जारी गरेर मिति समाप्त भएको ट्रेजरी बिलहरुको नविकरण गर्न लागेको हो । ९१ दिन अवधिको ट्रेजरी बिल कार्तिक ११ गते परिपक्व हुनेछ । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन यो बिल प्रयोग गरिन्छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस