काठमाडौंबाट धनगढी आउँदै गरेको बस बर्दिया राष्ट्रिय निकुञ्जमा दुर्घटना, १८ जना घाइते
धनगढी - काठमाडौंबाट धनगढीतर्फ आइरहेको बस बर्दिया राष्ट्रिय निकुञ्जभित्र दुर्घटनामा परेको छ।
आज दिउँसो काठमाडौँबाट धनगढी आइरहेको खप्तड बडीमालिका यातायातको ना ८ ख १९४९ नम्बरको बस कैलालीको चिसापानी पुल नजिकै, बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनामा परेर चालकसहित १८ जना घाइते भएका छन् । जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
घाइते मध्ये १६ जनालाई उपचारका लागि लालरत्न अस्पताल लम्की पठाइएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका दुवै जनालाई लालरत्न अस्पताल लम्कीले थप उपचारका लागि नेपालगञ्ज रेफर गरेको छ ।
बस सडकमै पल्टिएकाले उक्त सडकखण्डमा आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरी र सम्बन्धित निकायको टोली घटनास्थलमा पुगेर उद्धार तथा सडक खुलाउने काम जारी राखेको जनाएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस