विधायन समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
खबर एक्सप्रेस
२०८१-११-२१ ०७:१७ मा प्रकाशित
Total Shares: 120
काठमाडौं - संघीय संसद्अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको हो ।
बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याहरूको समाधानको सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यसूची छ ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका महानिर्देशक, विश्व वन्यजन्तु कोष नेपालका निर्देशकलाई बोलाइएको संसद् सचिवालयले जनाएको छ ।
बैठकमा सामुदायिक वन उपभोक्ता महासंघ, नेपालका अध्यक्ष, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिवलगायतलाई बोलाइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस