शनिबार काठमाडौं उपत्यकामा थपिए ५ कोरोना संक्रमित
खबर एक्सप्रेस
२०७७-०३-१३ ०४:४० मा प्रकाशित
Total Shares: 328
काठमाडौं - काठमाडौं उपत्यकामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शनिबार स्वास्थ्य मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले काठमाडौंका एक महिला, तीन पुरूष र भक्तपुर एक पुरूषमा कोरोना संक्रमण देखिएको बताएका हुन्।
शनिबारमात्रै कोरोना भाइरसका पाँच सय ५४ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै संक्रमित संख्या १२ हजार तीन सय ९ पुगेका छन्। उनका अनुसार नेपालका ७७ जिल्लामै कोरोना संक्रमित देखिएका छन्।
फेसबुक पेज Like गर्नुहोस