सवारी साधनमा लगाइएको जोर-बिजोर प्रणाली हट्दै
खबर एक्सप्रेस
२०७८-१०-२३ ०३:२३ मा प्रकाशित
Total Shares: 255
काठमाडौं - सरकारले उपत्यकाभित्र सवारी साधनमा लगाएको जोर-बिजोर प्रणाली हटाउने भएको छ ।
कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को आज बसेको बैठकले काठमाडौं उपत्यकाभित्र यातायातमा लागु जोर-बिजोर हटाउन सिफारिस गरेको हो । सिफारिसपछि उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर नयाँ आदेश जारी गर्दैछन् ।
अहिले निजी सवारी साधन र ट्याक्सीहरूमा जोर-बिजोर प्रणाली लागु छ । विद्यालय भने माघ महिनाभर बन्द नै गर्न सिफारिस गरिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस