काठमाडौं,मोरङ - मोरङमा माटोको ढिस्कोले पुरेर १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । सुनवर्षी नगरपालिका– ४ गान्धी आश्रम बस्दै आएकी २० बर्षीया बन्सुगिया यादवको माटोको ढिस्कोले पुरेर मृत्यु भएको हो ।

मंगलबार दिउँसो साढे १ बजे सुनवर्षी– १ काला बन्जारस्थित डाँस खोलाको बगरमा माटो खन्ने क्रममा बन्सुगिया यादवको माटोको ढिस्कोले पुरेर घटनास्थलमा नै मृत्यु भएको प्रहरीले बताएको छ ।

साथै, उनीसँगै गएका सोही स्थान बस्ने ९ बर्षीया मनिका यादव र ५५ बर्षीया झोलीया यादव समेत घाईते भएका छन् । उनीहरुको रंगेली अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय रंगेली मोरङले जनाएको छ ।