भारतीय सेनाध्यक्षको भनाइको खण्डन गर्न सरकारलाई निर्देशन
खबर एक्सप्रेस
२०७७-०२-०४ ०६:४४ मा प्रकाशित
Total Shares: 313
काठमाडौं - भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेले दिएको अभिव्यक्तिलाई कूटनीतिक तहबाट खण्डन गर्न सरकारलाई प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले निर्देशन दिएको छ ।
आइतबार बसेको समितिको बैठकले लिम्पियाधुरा, लिपुलेक, कुटी, नाबी, गुन्जी र कालापानी क्षेत्रका विषयमा भारतीय सेनाध्यक्षले गैरजिम्मेवार र उत्तेजनात्मक अभिव्यक्ति दिएको भन्दै कूटनीतिक तहबाटै खण्डन गर्न निर्देशन दिएको हो ।
भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेले नेपालले लिपुकेलकको मुद्दा अरु कसैको इशारामा उचालेको अभिव्यक्ति दिएका थिए ।
फेसबुक पेज Like गर्नुहोस