घरेलु मैदानमा पीएसजी पराजित
खबर एक्सप्रेस
२०७७-१२-०२ १०:२२ मा प्रकाशित
Total Shares: 217
काठमाडौं,एजेन्सी - पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानमा पराजित भएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा अग्रता जोगाउन नसक्दा पीएसजी नान्टेससँग २-१ ले पराजित भएको हो ।
खेलको ४२औं मिनेटमा जुलियन ड्राक्सलरको गोलबाट पीएसजीले अग्रता लिएको थियो । तर, ५९औं मिनेटमा रान्डल कोलो मुएनीले गोल गर्दै नान्टेसलाई खेलमा फर्काए । ७१औं मिनेटमा मोसेस सिमोनले गोल गर्दै नान्टेसलाई २-१को पुनरागम जित दिलाए ।
जितसँगै नान्टेस २७ अंक जोडेर रेलिगेसन क्षेत्रमा छ । पराजित पीएसजीले लिगको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । २९ खेलमा ६० अंक जोडेर पीएसजी दोस्रो स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस