गुल्मी - गुल्मीमा एक जना सुत्केरी महिलामा कोरोना संक्रमण पुष्टि भएपछि गुल्मीदरबार गाउँपालिका तीन वटा गाउँ सिल गरिएको छ । गुल्मी दरबार गाउँपालिका ७ की २१ वर्षीया सुत्केरीमा शनिबार कोरोना पुष्टि भएपछि अन्य व्यक्तिको स्वाब रिपोर्ट नआउँदासम्म उक्त वडाका तीन वटा गाउँहरु सिल गरिएको गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।

गुल्मीदरबार गाउँपालिकाले सुत्केरी महिलाको प्रत्यक्ष सम्पर्कमा रहेका अन्य व्यक्तिहरुको आईतबारदेखि कन्ट्«याक ट्रेसिङको प्रकृया पनि शुरु गरेको छ ।

गुल्मीदरबार गाउँपालिका वडा नम्बर ७ अन्तर्गतका रोटेपानी, उखाप र रिपाहाका बासिन्दाहरुलाई सार्वजनिक रुपमा सुचना जारि गरी अत्यावश्यक काम बाहेक कोही पनि मानिसलाई घरबाहिर ननिस्किन तथा बाहिरी मानिसलाई समेत गाउँ प्रवेशमा रोक लगाईएको वडा अध्यक्ष टोपबहादुर बस्नेतले बताए ।

गुल्मीमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १ सय ७४ पुगेको छ । छ जना कोरोनामुक्त भएर घर फर्किएको र तीन जना भने कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।