काठमाडौं - नेकपा एमालेकी उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लिएको बाटो सही नभएको बताएकी छन् ।

काठमाडौं जिल्ला कमिटीद्वारा बिहीबार प्रज्ञा प्रतिष्ठानमा आयोजित जिल्लास्तरीय विस्तारित प्रशिक्षणमा सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले नेपाललाई एमालै फर्किन आह्वान गरेकी हुन् ।

'कमरेड माधव नेपालले लिएको बाटो सही छैन । यतिबेला फुटको हैन जुटको राजनीति आवश्यक छ । सुदृढ एमाले आवश्यक छ । माधव नेपाल हाम्रो नेता हो । अग्रज हो । आज आफूले त्याग गरेको, समर्पण गरेको, ज्यान दिएको पार्टी त्यागेर जनमत र आन्दोलन सिर्जना गर्छु भन्ने भनाइ सही छैन ।'  उनले भनिन्, 'आफूले दु:ख गरेको पार्टीमा फर्किनुस् । समीक्षा गर्नुस् । सुदृढ एमाले बनाउन तपाईको भूमिका छ । त्यो पंक्तिलाई अलमलाएर राख्नु ठिक छैन,