थप १८१ जनामा कोरोना पुष्टि, २८९ जना संक्रमणमुक्त
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप १८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ८३१ र एन्टिजेन विधिबाट ५ हजार ४१ जनामा परिक्षण गर्दा १८१ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २५ हजार ७३६ र एन्टिजेनबाट ९५ हजार ९८१ जना पुगेको छ ।
यस्तै, आज थप २८९ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख ८ हजार ८९२ जना पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १ जनाको मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५७३ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २७१ रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस