एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै देशबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । 

अमेरिकाको सर्वोच्च अदालतले केही घण्टाअघि नै उनले राष्ट्रिय आपतकालको कानुन प्रयोग गरी लगाएको व्यापक कर नीतिलाई असंवैधानिक ठहर्‍याएको थियो ।

‘ओभल अफिसबाट सबै देशमा विश्वव्यापी १० प्रतिशत करमा हस्ताक्षर गर्नु मेरो लागि ठूलो सम्मानको कुरा हो, जुन लगभग तुरुन्तै लागू हुनेछ,’ ट्रम्पले सामाजिक सञ्जालमा लेखे । 

यो कर फेब्रुअरी २४ देखि लागू हुने बताइएको छ । तर कार्यकारी आदेश अझै पूर्ण रूपमा सार्वजनिक भएको छैन। 

ट्रम्पले पत्रकार सम्मेलनमा सन् १९७४ को व्यापार ऐनको धारा १२२ प्रयोग गरी यो १० प्रतिशत कर लगाउने योजना बनाएको बताएका थिए।