सर्वोच्चद्वारा माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश जारी
खबर एक्सप्रेस
२०८०-०८-०८ ०७:०५ मा प्रकाशित
Total Shares: 148
काठमाडौं - माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौँको निर्णयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले सो आदेश जारी गरेको हो। सर्वोच्चले रिट निवेदकको माग बमोजिम किन आदेश दिनु नपर्ने हो? भन्दै जवाफ मागेको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत मंसिर ५ गते एक सूचना जारी गर्दै माइतीघर मण्डला लगायतका संवेदनशील क्षेत्रमा ३० दिनका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो ।
सो घोषणाविरुद्ध अभिवक्ता स्वागत नेपालले सर्वोच्चमा रिट दायर गरेका थिए। उनले स्थानीय प्रशासनको निर्णय रोक्न भन्दै अन्तरिम आदेश हुनुपर्ने माग गरेका थिए।

.gif)




फेसबुक पेज Like गर्नुहोस