राष्ट्रिय सभाका दुई विषयगत समिति सभापतिद्वारा शपथ ग्रहण
खबर एक्सप्रेस
२०८०-१२-०५ ०४:२१ मा प्रकाशित
Total Shares: 117
काठमाडौं - राष्ट्रिय सभाअन्तर्गत दुई विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सोमबार राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गोल्जेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समिति कमला पन्तले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
दुई समितिको सभापतिमा एकमात्रै उम्मेदवारी परेपछि शेर्पा र पन्त निर्विरोध निर्वाचित भएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस