काठमाडौं, एजेन्सी - क्याटलान क्लब बार्सिलोना स्पेनिस कोपा डेल रेको च्याम्पियन बनेको छ ।

गएराति भएको फाइनलमा एथ्लेटिक बिल्बाओलाई ४-०ले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनेल मेस्सीले दुई तथा एन्टोइन ग्रिजमन र फ्रान्की डियो योङले समान १–१ गोल गरेका थिए । 

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६०औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ६३औं मिनेटमा फ्रान्की डि योङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । त्यसपछि ६८औँ र ७२ औं मिनेटमा मेस्सीले २ गोल गरेपछि बार्सिलोनाले ४–० को सानदार जित निकालेको हो । 

यससँगै बार्सिलोनाले कीर्तिमानी ३१औं पटक कोपा डेल रे को उपाधि जितेको छ ।