काठमाडौं - सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेस बजेट पारित गरेर जानुपर्ने पक्षमा रहेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेत लेखकले भने, ‘बजेटको परिमार्जनका बारेमा सदनको भूमिकालाई निर्धारण गर्ने, सुनिश्चित गर्ने गरेर हामी अघाडि बढ्नु पर्छ ।

यो बजेटलाई अहिले पारित गरेर जाने कुरामा नै नेपाली कांग्रेस संसदीय दल स्पष्ट छ। नेपाली कांग्रेस संसदीय दलका सबै माननीय सदस्यहरुले यो बजेटको पक्षमा मतदान गर्नु हुनेछ ।’

उनले सत्तापक्ष र प्रतिपक्षका दलका नेताहरुलाई समेत आगामी दिनमा बजेटमा गम्भीरतापूर्वक छलफल गरेर सहमतिमा पुगेर अगाडि बढ्नेमा विश्वास दिलाए । उनले बजेटमाथि केही सैद्धान्तिक र केही आलोचनात्मक कुराहरु उठेकाले त्यसलाई सम्बोधन गर्ने दाबी गर्दै बजेटलाई समर्थन र सहमति जनाउन आग्रह गरे ।