काठमाडौं - विपक्षी गठबन्धनका पाँच दलले बाढी, पहिरो र डुवान पीडित जनताको उद्दार तथा राहतलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ ।

बिहीबार संयुक्त वक्तव्य जारी गर्दै पाँच दलले बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितहरुका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेहरूको उपचारलगायतका उद्धार र राहतका काम प्रभावकारी रूपमा अगाडि बढाउन माग गरेका हुन् ।

‘इमान्दारी, तदारूकता र पारदर्शी रूपमा राज्यका सम्बन्धित सबै निकाय तथा साधन र स्रोतको पूर्ण परिचालन गरी विपद् व्यवस्थापनको कार्यलाई अघि बढाउन आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

प्राकृतिक विपत्तिको सामना गर्न सरकारको कुनै पूर्वतयारी नहुनु गैरजिम्मेवारीपन भएको गठबन्धनको ठहर छ ।