अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले भने : ' समृद्धि र सहकार्यमा टेवा पुग्नेछ'
खबर एक्सप्रेस
२०८१-०७-२२ १०:३१ मा प्रकाशित
Total Shares: 18
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् ।
उनले बुधबार सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित भएकोमा राष्ट्रपति ट्रम्पलाई बधाई दिएका हुन् ।
साथै उनले कार्यकालको पूर्ण सफलताको कामना गरे । प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति ट्रमको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ बन्नुका साथै पारस्परिक समृद्धि र सहकार्यमा टेवा पुग्ने आशा व्यक्त गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस