काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार ८०० रुपैयाँले घटेको हो।

आज  सुन प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदी तोलामा १०० रुपैयाँले घटेसँगै प्रतितोला ४ हजार ३७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। 

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ०६९।४३ अमेरिकी डलर र चाँदी ५८।३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।