अब खुलामञ्चको विकल्पमा थापाथलीमा निःशुल्क खाना खुवाउने
काठमाडौं - खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई निरन्तरता दिँदै अबदेखि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली नजिकै भोजन गराउने कार्य सुरु भएको छ ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिका र निःशुल्क भोजन गराउँदै आएका संस्थाहरुबीचको सहमतिअनुसार आजदेखि खुलामञ्चको सट्टामा थापाथलीमा निःशुल्क भोजनको व्यवस्था गरिएको हो ।
भोजनको गराउने उक्त स्थानमा शौचालय, पानीसहित स्वास्थ्य मापदण्डको समेत पालना गराइएको काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती सापकोटाकाले जानकारी दिए ।
हाम्रो टिम नेपालले गत चैत ११ देखि कोरोना महामारीका कारण सिर्जना भएको लकडाउनपछि खान खान नपाएर समस्यामा परका व्यक्तिहरुलाई खाना खुवाउँदै आएको छ ।
तर, काठमाडौँ महानगरले अव्यवस्थित रुपमा खाना खुवाउँदा संक्रमण फैलने डर भएको भन्दै पटकपटक उक्त अभियानमा अवरोध खडा गर्दै आएको थियो । महानगर र अभियन्ताबीच मंसिर २ गतेबाट खुलामञ्चमा खाना नखुवाउने सम्झौता पनि भएको थियो । महानगरले सुरक्षाका मापदण्ड अपनाएर बन्द स्थानमा खाना खुवाउन सकिने विकल्प दिएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस