नेपाल प्रहरीका ४ डीआईजी एआईजीमा बढुवा सिफारिस
खबर एक्सप्रेस
२०७९-१२-१३ १२:५५ मा प्रकाशित
Total Shares: 129
काठमाडौं - नेपाल प्रहरीमा रिक्त चार अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएको छ ।
सोमबार बिहान बसेको बढुवा समितिले डीआईजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।
यसअघि गत असार १४ गते डीआईजीमा बढुवा हुँदाको वरियता अनुसार नै एआईजी बढुवा गरिएको हो। असारमा १७ जना एकसाथ डीआईजीमा बढुवा भएका थिए।
फेसबुक पेज Like गर्नुहोस