म नेकपाको साधारण सदस्य पनि होइन : प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको हो भन्नेलाई सर्वोच्च अदालत जान सुझाव दिएका छन् ।
सोमबार नारी दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद भीम रावलले सोधेको प्रश्नको जवाफ दिँदै आफू नेकपाको साधारण सदस्य समेत नरहेको बताए ।
सर्वोच्चले सबै कुरा प्रस्ष्ट पारेको बताउँदै ओलीले भने, 'हिजो प्रधानमन्त्री कुन पार्टीको हो भनेर सोधिराख्या थ्यो, मैले उहाँहरूलाई सोध्नु नपरोस् तपाईंहरू कुन पार्टीको मलाई नेकपाको साधारण सदस्यबाट निकाल्या रे ! म साधारण सदस्य पनि होइन नेकपाको । सर्वोच्च अदालतले प्रस्ष्ट पारिसक्यो म कुन पार्टीको सदस्य हो, कुन पार्टीको अध्यक्ष हो भनेर ।'
उनले सर्वोच्चको फैसलालाई सम्मान गर्ने समेत बताए ।
आइतबार सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषि कट्टेललाई दिएसँगै केपी शर्मा अोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ । यससँगै एमाले र माओवादी केन्द्र ब्युँतिएको छ ।
फेसबुक पेज Like गर्नुहोस