खण्डग्रास चन्द्रग्रहण लाग्दै
खबर एक्सप्रेस
२०७६-०३-३० ११:०० मा प्रकाशित
Total Shares: 819
काठमाडौं - आषाढशुक्ल पूर्णिमाका दिन मंगलबार असार ३१ गते खण्डग्रास चन्द्रग्रहण लाग्दैछ ।
चन्द्रग्रहण निकै लामो लाग्दैछ । यसको समय २ घण्टा ५९ मिनेटको हुँदैछ । मंगलबार राति १ः४६ बजेदेखि स्पर्श गर्ने चन्द्रग्रहण बुधबार बिहान ४ः४५ बजे मात्र मोक्ष हुनेछ । बिहान ३ः१५ बजेको समयमा मध्य हुनेछ । ग्रहण राति लागे पनि मंगलबार अपरान्ह ४ः४६ बजेदेखि सुतक लाग्नेछ ।
सुतकका समयमा बाल, वृद्ध, आतुर बाहेक अरुलाई भोजनमा निषेध गरिएको छ । ग्रहणका समयमा भने ध्यानजप बाहेक अरु केही गर्न नहुने उल्लेख छ ।
फेसबुक पेज Like गर्नुहोस