आँबुखैरेनीमा बस दुर्घटना हुँदा १७ जना घाइते
खबर एक्सप्रेस
२०७७-०८-११ ०७:३२ मा प्रकाशित
Total Shares: 489
काठमाडौं,तनहुँ - तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । म्याग्दीबाट भैरहवा जाँदै गरेको लु २ ख ८८३ नम्बरको यात्रुवाहक बस मिलनचोकमा सडकबाट पाँच मिटर तल खस्दा १७ जना घाइते भएका हुन् ।
बसमा सवार १४ जना तथा बसको पछाडिको भागको ठक्करबाट स्कुटरमा सवार ३ जना पनि घाइते भएका छन् । आँबुखैरेनीबाट दमौलीतर्फ आउँदै गरेको ना ३२ प ५२५४ नम्बरको स्कुटरमा सवार तीन जना पनि घाइते भएका हुन् ।
घाइतेमध्ये तीनजनालाई थप उपचारका लागि भरतपुर तथा एकलाई पोखरा पठाइएको छ । अन्य घाइतेको अवस्था सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस