काभ्रेमा ९० लाखको बुद्धचित्त लुटियो, सुरक्षाका लागि खटिएका ५ जना घाइते
खबर एक्सप्रेस
२०७७-०३-१२ ११:४९ मा प्रकाशित
Total Shares: 385
काठमाडौं - काभ्रेमा लुटेराले ९० लाख बराबरको बुद्धचित्तको दाना लुटेको छ ।
बिहिबार मध्यराती हतियारसहित आएको एक ठुलो समूहले रोशी गाउँपालिका–३ सिपालीमा स्थानिय वीरबहादुर तामाङको बारीमा रहेको ९० लाख बराबरको बुद्धचित्तको दाना लुटेको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ ।
लुटेराले बुद्धचित्तको रुखको सुरक्षाका खटिएका पाँच जनालाई आक्रमण गरेर घाइते बनाएका छन् । उनीहरुको खोजी कार्य तीव्र रुपमा भैरहेको प्रहरीले जनाएको छ ।
लुटेराको समूहले सुरक्षाका लागि राखिएको सीसीटिभी क्यामेरासमेत तोडेको छ । प्रहरीलाई समेत अवरोध हुनेगरी बाटोमा बम लगायतका सामान राखेको खुलेको प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस