सरकारमा सहभागी सबै मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने जसपाको निर्णय
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी सबै मन्त्रीलाई पार्टी सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ ।
बिहिबार बसेको अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी ९ जनालाई निष्कासन गर्ने निर्णय गरेको हो ।
लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा समर्थन जनाएका ४ जना सांसदलाई कारवाही गर्ने प्रक्रिया थाल्ने निर्णय समेत गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
यस्तै, बैठकले निर्वाचन आयोगले गत जेठ ३१ गते दिएको निर्णयको राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ ।
दुवै पक्षले एक अर्कालाई कारवाही गरेर पार्टीबाट निकालेपनि निर्वाचन आयोगले मान्यता नदिएपछि यादव पक्षले पार्टीकै आधिकारिकताका लागि निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
यसअघि कानुन व्यवसायीसँग सल्लाह लिँदा पनि आधिकारिकताका लागि निर्वाचन आयोग जान सुझाव दिएका थिए ।
फेसबुक पेज Like गर्नुहोस