नवनिर्वाचित सांसदहरु शपथ ग्रहणका लागि संसद भवन पुग्दै
खबर एक्सप्रेस
२०७९-०९-०७ १२:४४ मा प्रकाशित
Total Shares: 309
काठमाडौं-मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नवनिर्वाचित सांसदहरुको शपथग्रहण बिहीबार हुँदैछ ।
नयाँ बानेश्वर स्थित संसद भवनमा दिउँसो १ बजे सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । उक्त शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्रका साथ संसद भवन पुग्न थालेका छन् ।
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सांसदहरूलाई पद तथा गोपनीयताको सपथ गराउनु हुनेछ । राणालाई बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाउने भएका हुन् ।
केही सांसदहरूले मातृभाषामा शपथका लागि आफ्नो नाम टिपाइसकेका छन् । उनीहरू परम्परागत भेषभुषामा सजिएर संसद भवन पुगेका छ्न् ।

.gif)




फेसबुक पेज Like गर्नुहोस