काठमाडौं - नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

हिजो साँझ ५ बजेको लागि बोलाइएको बैठक अनौपचारिक छलफलपछि आजलाई सारिएको हो । आजको बैठकमा वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरु पनि सहभागी हुने बताइएको छ ।

बैठकले विवाद समाधान कार्यदलले तयार पारेको १० बुँदे सहमति अनुमोदन हुने स्रोतको दाबी छ ।