एजेन्सी - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धारा ३७० खारेज गर्ने सरकारको निर्णय बचाउ गर्दै सो धाराको वकालत गर्नेहरूमाथि हमला गरेका छन् ।

भारतको ७३ औँ स्वतन्त्रता दिवसको अवसरमा बिहीबार लालकिल्लाबाट देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले धारा ३७० को पैरवी गर्नेहरूमाथि प्रश्न गरे ।

‘जो मानिसहरू धारा ३७० को वकालत गरिरहेका छन्, उनीहरूलाई त्यो त्यति नै महत्वपूर्ण लाग्थ्यो भने किन त्यसलाई उनीहरूले स्थायी गरेनन् रु यसलाई आजसम्म किन अस्थायी धाराको रुपमा संविधानमा राखियो रु’, मोदीले सोधे । 

नयाँ सरकार बनेको दश हप्ता पनि पुरा नभएको तर छोटो कार्यकालमै सबै क्षेत्रमा परिवर्तनका प्रयास सरकारले गरिरहेको दाबी उनले गरे । उनले मुस्लिम महिलाहरूलाई न्याय दिलाउनका लागि ‘तीन तलाक’को विरुद्ध कानुन बनाइएको र आतंकवादको विरुद्ध मजबूत लडाईं लड्नको लागि आतंकवाद विरोधी कानुनमा संशोधन गरिएको जानकारी समेत दिए ।

सो अवसरमा मोदीले देशको जनसंख्या नियन्त्रण गर्नुपर्ने विषयमा समेत जोड दिए । भारतमा जनसंख्या विस्फोट भइरहेको बताउँदै यसप्रति उनले चिन्ता प्रकट गरे । ‘आउनेवाला पिँढीको लागि यसले अनेक संकट पैदा गर्नेछ, त्यसैले परिवार सानो बनाउनु पनि देशभक्ति नै हो’, मोदीले भने ।