काठमाडौं, भक्तपुर र ललितपुरका सिडिओको बैठक बस्दै, निषेधाज्ञा लगाउने तयारी
काठमाडौं - काठमाडौं उपत्यकाका ३ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडीओ)हरूको संयुक्त बैठक आज बस्दैछ ।
पछिल्लोसमय बढ्दो कारोना भाइरस संक्रमणको जोखिम तथा नियन्त्रणबारे छलफल गर्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्न लागेको हो । कोरोना नियन्त्रणका लागि उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा लाग्ने सम्भावना देखिएको छ ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले ५ सय भन्दा बढी संक्रमित भएका शहरी जिल्लामा निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरिसकेको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा ५ सयभन्दा बढी संक्रमित छन् । आजको बैठकमा गम्भिर छलफलपछि आवश्यक निर्णय लिने स्रोतको भनाई छ ।
फेसबुक पेज Like गर्नुहोस