आर्सनलसँग हार्यो चेल्सी
काठमाडौं,एजेन्सी - प्रिमियर लिग फुटबलको लण्डन डर्बीमा आर्सनलले चेल्सीलाई हराएको छ ।
शनिबार राति ईमिरेट्स मैदानमा आर्सनलले चेल्सीलाई ३–१ गोल अन्तरले हराएको हो ।
पहिलो हाफमै २–० को अग्रता लिएको आर्सनलले घरेलु मैदानमा जित निकाल्ने सम्भावना देखाएको थियो । आर्सनलका अलेक्जेन्ड्रे लाकाजेटले पेनाल्टीमार्फत घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ग्रेनिट जाकाले फ्रि–किकमार्फत शानदार गोल गर्दै खेल नियन्त्रणमा राखेका थिए ।
बुकायो साकाले दोस्रो हाफको सुरुवातमै आर्सनललाई ३–० को अवस्थामा पुर्याए । खेल सकिन ५ मिनेट अघि चेल्सीका टमी अब्राहमले गोल गर्दै हारको अन्तर घटाउने प्रयास गरेका थिए ।
खेलको अन्तिम समयमा चेल्सीले पेनाल्टीको समेत अवसर पाएको थियो । तर जोर्गिन्होको सुस्त प्रहारलाई आर्सनलका बर्न लेनोले बचाउ गरे ।
आर्सनले १७ अंक जोड्दै तालिकाको १४ औं स्थानमा उक्लिएको छ । चेल्सी २५ अंकसहित सातौँ स्थानमा रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस