संखुवासभा सामूहिक हत्याकाण्डका आरोपित सार्वजनिक
खबर एक्सप्रेस
२०७८-०५-२७ ११:३५ मा प्रकाशित
Total Shares: 261
काठमाडौं - सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा सामूहिक हत्यामा संलग्न भएका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ ।
आइतबार चैनपुरमा पत्रकार सम्मेलनमार्फत प्रहरीले हत्यामा संलग्न भएको आरोपमा मादी–१ उम्लिङ खोला गाउँका २६ वर्षीय कार्कीलाई सार्वजनिक गरेको हो।
गत सोमबार मादी–१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस