काठमाडौं महानगरले बन्द गरायो भृकुटीमण्डपको शैक्षिक मेला
खबर एक्सप्रेस
१९७०-०१-०१ ०५:३० मा प्रकाशित
Total Shares: 114
काठमाडौं-काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा आजदेखि शुरु भएको शैक्षिक मेला बन्द गराएको छ ।
एसइई र प्लस टु को रिजल्ट प्रकाशन हुनुअगाडि नै शैक्षिक मेलाको नाममा विद्यालयहरूले शुल्क र भर्नाका लागि नाम टिपाउने गरेकाले मेला बन्द गराइएको हो ।
प्रक्रिया पूरा नगरी उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)ले मेला सञ्चालन गरेको भन्दै महानगरले मेलामा राखिएका स्टलहरु हटाएको काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।
आजदेखि शुरू भएको चार दिने शैक्षिक मेलाको उद्घाटन सभामुख देवराज घिमिरेले गरेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस