शिक्षण अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु
खबर एक्सप्रेस
२०७७-०५-२५ ०८:२६ मा प्रकाशित
Total Shares: 216
कपिलवस्तु - कोरोना सङ्क्रमणबाट यहाँ थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका –६ का २९ वर्षीय पुरुष रहेका छन् ।
मिर्गौला र उच्च रक्तचापबाट बिरामी परेपछि उपचारका लागि काठमाडौँ शिक्षण अस्पताल लगिएकामा यही भदौ २२ गते उनमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । उनको उपचारका क्रममा बुधबार राति मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए । यससँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेकोे सङ्ख्या ६ पुगेको छ ।
जिल्लामा आज थप ४६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । यससँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार २२४ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस