संविधान संशोधन गर्न कार्यदल गठन गर्ने कांग्रेसको निर्णय
काठमाडौं - नेपाली कांग्रेसले संविधान संशोधनको खाका तयार पार्न पार्टीभित्र कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
पार्टीको गत असार १६ गतेदेखि जारी केन्द्रीय समितिको बैठकबाट कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
बैठकको समापनअघि महामन्त्री विश्वप्रकाश शर्माले पार्टी निर्णय वाचन गरेर सुनाए ।
नेपाली कांग्रेसको असार १६ देखि २३ गतेसम्म भएको केन्द्रीय समिति बैठकले नेपाली कांग्रेसको नेतृत्वमा बनेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयनको एक दशकको समीक्षा गर्दै यसका सवल पक्ष र दुर्वल पक्षको पहिचान गर्दै संविधानमा आवश्यक संशोधनलाई सार्थक निष्कर्षमा पुग्न आन्तरिक कार्यदल गठन गर्ने बताए ।
उनका अनुसार संविधान संशोधनका लागि नेपाली कांग्रेस संविधान निर्माणमा संलग्न दलहरूसँग सहकार्य, नागरिक समाज र सरोकारवालाहरूसँग पनि परामर्श गर्नेछ ।
फेसबुक पेज Like गर्नुहोस